खेलकुद

नेपाली महिला फुटबल टोलीले आज बगलादेशसँग प्रतिस्पर्धा गर्दै

काठमाडाैँ । सन् २०२० मा जापानको टोकियोमा हुने ओलम्पिकका लागि एशिया क्षेत्रीय छनोट अन्तर्गत नेपाली महिला फुटबल टोलीले आज बगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।

समूह सी मा रहेको नेपालले एसिया छनौटको दोस्रो चरणमा स्थान बनाउन आजको खेल गर या मरको अवस्थामा छ । आज थुवुना रंगशालामा नेपाली समय अनुसार सबा दुई बजेदेखि सुरु हुनेछ ।

नेपाललाई आज जित्नैपर्ने दबाव छ । समूहमा यसअघिका दुई खेलमा नेपालको दुई अंक छ । नेपालले आयोजक म्यानमारसँग र बलियो टोली भारतसँग समान एक एक गोलको बराबरी खेलेको थियो ।

जारी प्रतियोगितामा नेपालको प्रर्दशन निकै सुधारिएको हुँदा मगलबारको खेलमा जितको लक्ष्यका साथ मैदानमा उत्रने प्रशिक्षक हरि खड्काको विश्वास छ ।

समूहको विजेता र उपविजेतासँगै पहिलो चरणका चारमध्ये उत्कृष्ट तेस्रो हुने दुई टोली दोस्रो चरणका लागि छानिनेछन् । त्यसैगरी आयोजक म्यानमारले भारतसँग पनि मगलबार नै प्रतिस्पर्धा गर्नेछ ।

अर्को चरणमा पुग्न नेपालले बंगलादेशबिरुद्धको खेल जित्नैपर्ने हुन्छ भने भारत र म्यानमारबीचको खेलमा स्पष्ट नतिजा निस्कनुपर्ने हुन्छ ।

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

/* */