खेलकुद

नेपाली महिला क्रिकेट टोली स्वदेश फिर्ता

काठमाण्डौँ, माघ ६। थाइल्याण्डको तेर्थई क्रिकेट मैदानमा भ​एको महिला टी–२० स्मास क्रिकेट प्रतियोगिताको उपविजेता नेपाली महिला क्रिकेट टीम आइतबार स्वदेश फर्किएको छ ।

नेपाल आयोजक टोली थाइल्याण्डसँग ७० रनले पराजित भ​एको थियो। थाइल्याण्डले दिएको १ सय २२ रनको लक्ष्य पछ्याएको नेपाल १७.२ ओभरमा अलआउट हुँदै ५१ रनमा समेटिएपछि थाइल्याण्डले उपाधि जितेको हो।

योसँगै १२ वर्षपछि अन्तर्राष्ट्रिय क्रिकेटको फाइनलमा पुगेको नेपाली टोली उपाधि जित्न पुनः बञ्चित भएको छ।

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

/* */