सूचना-प्रविधि

नेपाली चलचित्रलाई प्राथमिकता दिँदै "फिल्मी फुच्चे" एप सार्वजनिक

काठमाडौं । नेपालका सबै चलचित्रप्रेमीहरुको लागि नेपाली, हिन्दी, साउथ इन्डियन र हलिउडका चलचित्रहरुको सम्पूर्ण जानकारीको साथमा "फिल्मी फुच्चे" एप सार्वजनिक भएको छ। 

यस एपमा मनोरञ्जनका सम्पूर्ण ताजा खबरहरु, प्रदर्शनमा आएका र आउने चलचित्रका सबै जानकारी, चलचित्र समिक्षा, बक्स अफिस कलेक्सन, ट्रोलहरु लगायत अन्य थुप्रै फिचरहरु समावेश गरिएको छ। नयाँ सामाग्री जस्तै "कुनै चलचित्रको ट्रेलर या गीत" सार्वजनिक भएलगत्तै एपमा अपडेट पाइनेछ। 

त्यसबाहेक नेपाली चलचित्रप्रेमीहरुको विदेशी चलचित्रप्रतिको मोह महशुस गरेर सम्पूर्ण बिदेशी चलचित्रहरुलाई पनि समावेश गरिएको छ। एउटा चलचित्रप्रेमीले अब प्रदर्शनमा आउँन लागेका सबै चलचित्र सम्बन्धी जानकारी "फिल्मी फुच्चे" एपमा एकैठाउ भेट्न सकिने जनाइएको छ। 

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

/* */