अर्थ/वाणिज्य

सानिमा लाईफ इन्स्योरेन्सको कन्चन वीकाश बैक र सृजनशिल सहकारीसंग वीमा सम्वन्धि संझौता


सानिमा लाईफ इन्स्योरेन्स लिमिटेडले  कञ्चन बिकास बैक, महेन्द्रनगर तथा सृजनशिल बचत तथा ऋण सहकारी संस्था लिमिटेड कन्चनपुरसंग वीमा सम्वन्धि संझौता गरेको छ । महेन्द्रनगरमा छुट्टाछुटै आयोजित कार्यक्रममा इन्स्योरेन्स कम्पनीका तर्फबाट महाप्रबन्धक शिवराम तिमिलसीना, कञ्चन बिकास  बैकका तर्फबाट बैकका प्रमुख कार्यकारी अधिकृत  विरुराम जैशी तथा सृजनशिल बचत तथा ऋण सहकारी संस्थाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मदन भट्टले हस्ताक्षर गर्नुभएको थियो ।

उक्त संझौता अनुसार दुवै संस्थाहरुको सम्पुर्ण शाखाहरुबाट ग्राहकहरुले सानिमा लाईफ इन्स्योरेन्सको उत्कृष्ट वीमा सेवा उपभोग गर्न सक्ने छन । उक्त कार्यक्रमहरुमा कम्पनीका मुख्य प्रबन्धक गणेश चौलागाई, वरिष्ठ प्रबन्धक गुणराज श्रेष्ठ,  क्षेत्रीय प्रबन्धक  गणेश उप्रेती तथा शाखा प्रमुख रोशन भट्ट लगायतको उपस्थिती रहेको थियो ।
 

प्रतिकृया दिनुहोस

/* */