राजनीति

बालुवाटारमा नेकपाको सचिवालय बैठक जारी

काठमाण्डौँ, फागुन ६। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बालुवाटारमा बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठक तल्ला तह र भ्रातृ संगठनहरुको एकता टुंगो लगाउने विषयमा केन्द्रित रहेको छ।

एकताका लागि गृहमन्त्री समेत रहेका नेता रामबहादुर थापा बादलको संयोजकत्वमा कार्यदल गठन भए पनि अझैसम्म एकताले पूर्णता पाएको छैन । त्यसैले अब अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड आफैंले एकताको खाका तयार पार्ने जिम्मा लिने तयारीमा छन् ।

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

/* */