मनोरञ्जन

नवाजुद्दिनसँग रोमान्स गर्दै मौनी

मुम्बई : बलिउडमा आफ्नो अब्बल अभिनयका कारण चर्चामा रहने नवाजुद्दिन सिद्दिकीसँग काम गर्न जोसुकै अभिनेत्री तयार हुन्छन् । नवाजुद्दिनको आगामी फिल्‍म ‘बोले चुडियाँ’का लागि लिड रोलमा कुन नायिका लिने भन्ने विवाद लामो समय चल्यो । सुरुमा यो फिल्मका लागि सोनाक्षी सिन्‍हा र श्रद्धा कपुरको नाम आएको थियो ।

अहिले आएर यसका लागि मौनी रायको नाम फाइनल भएको छ । नवाजुद्दिनका भाइ सम्स नवाब सिद्दिकीको निर्देशनमा बन्ने फिल्ममा मौनी र नवाजुद्दिनले पर्दामा रोमान्स गर्ने छन् । हालै उनीहरूले फिल्‍म साइन गरेका छन् ।

मौनीले भनिन्, ‘मलाई आफ्नो भाग्यमाथि भरोसा नै थिएन । तर म धेरै एक्‍साइटेड छु किनकि एक शानदार अभिनेता नवाजुद्दिनसँग काम गर्दै छु । भेट्रान अभिनेतासँग काम गर्न पाउँदा थोरै नर्भस पनि छु । उनीसँग धेरै कुरा सिक्ने अवसर मिल्ने छ ।’

फिल्‍ममा आफ्नो भूमिकाबारे मौनीले भनिन् ‘फिल्लमा एउटी यस्ती युवती छिन् जो कहिले ट्याक्टरमा हिँड्छिन् त कहिले सपनामा डान्स गर्छिन् । यो भूमिका निर्वाह गर्नु नौलो अनुभव हुनेछ।’

नवाजुद्दिनले भने, ‘मौनीसँग काम गर्न पाउँदा निकै एक्‍साइटेड छु । उनी ट्यालेन्टेड छिन् । यसका साथै उनी काममा एक्‍स्‍पेरिमेन्ट पनि गर्छिन् । फिल्‍ममा लिड रोलका लागि परफेक्‍ट छिन् । टीभीको दुनियाँमा नाम कमएकी मौनीले अघिल्लो वर्ष अक्षय कुमारको फिल्म गोल्डबाट फिल्मी दुनियाँमा धमाकेदार इन्ट्री मारेकी थिइन् । 

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

/* */