अर्थ/वाणिज्य

ग्लोबल आइएमई बैंक र रेडियन्ट लाईफ केयरबीच सम्झौता 

ग्लोबल आइएमई बैंक र भारतको नयाँ दिल्ली स्थित बि.एल.के. सुपर स्पेस्यालिटी हस्पिटल र भारतकै मुम्बई स्थित नानावती सुपर स्पेस्यालिटी हस्पिटल (रेडियन्ट लाईफ केयर प्रा. लि. द्वारा संचालित) बीच मिति २०७५ फाल्गुन २९ गते हस्पिटलहरुले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बैंकले रेडियन्ट लाईफ केयर प्रा. लि.सँग आफ्ना ग्राहकलाई गुणस्तरीय उपचारमा सहुलियत दिने उद्देश्यले दुईपक्षीय सम्झौता गरेको हो ।

उक्त सम्भौतापत्रमा रेडियन्ट लाईफ केयर प्रा. लि का व्यवसाय सञ्चालन प्रमुख सुनील कपुर र ग्लोबल आइएमई बैंक लि. का तर्फबाट सहायक महाप्रबन्धक आरती राज्यलक्ष्मी राणाले हस्ताक्षर गर्नुभएको हो । 

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

/* */