अर्थ/वाणिज्य

 “सिटिजन्स बारापर्सा हुरी पिडित राहतकोष २०७५” को स्थापना

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बारा र पर्सामा आइतबार साँझ आएको विनाशकारी हावाहुरीबाट भएको अकल्पनीय जनधनको क्षतिबाट पीडित व्यक्ति तथा प्रभावित परिवारलाई सहयोग गर्ने हेतुले “सिटिजन्स बारापर्सा हुरी पिडित राहतकोष २०७५” को स्थापना गरेको छ । आइतबार राति बारा, पर्सा लगायत तराईका विभिन्न स्थानमा आएको भीषण हावाहुरीबाट प्रभावितका लागि राहत स्वरुप उक्त राहतकोषमा बैंकले दस लाखको सहयोग जम्मा गर्ने निर्णय गरेको हो । साथै बैंक प्राकृतिक प्रकोपमा परी ज्यान गुमाउने प्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकाकूल परिवारजनमा समवेदना प्रकट गर्न चाहन्छ ।


बैंकले गरेको सामाजिक उतरदायीत्वको यो कार्यलाई हातमा हात मिलाउदै पीडितहरुको दुःखको घाउमा मलम लगाउन आर्थिक सहयोग गर्न इच्छुक महानुभावहरुले आफुलाई पायक पर्नेे सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको जुनसुकै शाखा कार्यालयबाट “सिटिजन्स बारापर्सा हुरी पिडित राहतकोष २०७५” को खाता नं ००१०१००००३१६७२०१ मा रकम जम्मा गर्न सक्नुहुनेछ । उक्त खातामा सहयोग गर्नुहुने महानुभावहरुको नाम ठेगाना र सहयोग रकम बैंकको वेवसाईट तथा सूचनापाटीमा प्रकाशित गरिनेछ ।
नेपाली जनताको घरदैलोमो बैंकिङ्ग सेवा पु¥याँउदैै आएको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८१ वटा शाखा , ७५ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख  ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

यसका साथसाथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम गुनासो सुनुवाई जस्ता कार्यहरू छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने उद्देश्यल्ले बैंकले सात वटै प्रदेशमा प्रादेशिक कार्यालयहरुको स्थापना गरिसकेको छ । ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा ए.टि.एम.कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ । 


 

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

/* */