राजनीति

रोजगारी सृजना गर्न​ शिक्षा नीतिमा सुधार गर्नुपर्छ​ : अध्यक्ष प्रचण्ड

काठमाण्डौँ, चैत २०। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रोजगारी सृजना गर्न​ शिक्षा नीतिमा सुधार गर्नुपर्ने बताउनु भ​एको छ​।

नपढेको भन्दा पढेको जनशक्ति विदेश पलायन हुने क्रम बढ्दो रहेको बताउँदै उनले भने, ‘देशभित्र काम गर्नेभन्दा विदेशमा गएर जागिर खोज्ने प्रवृत्ति बढ्दो छ र देशभित्र उत्पादनशील जनशक्ति घट्दो छ । यो के कारणले भयो भनेर गहिरिएर हेर्ने हो भने मुख्य कुरा शिक्षामै छ ।’

बुधबारबाट काठमाण्डौमा सुरु भएको राष्ट्रिय विकास परिषद बैठकमा प्रस्तुत २५ वर्षे दीर्घकालीन सोचसहितको १५ औं योजनाको आधारपत्रको मस्यौदामाथिको छलफलमा भाग लिँदै अध्यक्ष प्रचण्डले धनी र गरिबबीचको खाडल हटाउने गरी योजना बनाउन सरकारलाई सुझाव दिनु भएको छ ।

हामीले वर्ग विभेद हटाउने, सामाजिक न्यायसहितको समतामूलक समाज निर्माण गर्ने कुरालाई प्राथमिकतामा राख्नु पर्ने बताउनु भयो।

उहाँले जनताले महसुस गर्ने गरी सुशासनमा जोड दिन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भयो ।

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

/* */