अर्थ/वाणिज्य

सिटिजन्स बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा देवकोटा

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको  हाल सहायक प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यसम्पादन गर्दै आउनु भएका बोधराज देवकोटालाई २०७६ साल बैशाख १ गते बाट लागु हुने गरि नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको छ ।  गणेशराज पोखरेल बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा हालै नियुक्त भई रिक्त हुन गएको नायव प्रमुख कार्यकरी अधिकृत पदमा देवकोटालाई नियुक्त गरिएको हो । देवकोटाले स्थापनाकाल देखिनै बैंकसंग आबद्ध भई विभिन्न ओहदामा रहि नेतृत्वदायी भुमिका निर्वाह गर्दै आउनु भएको छ ।

बैंकिङ क्षेत्रमा एक अनुभवी बैंकरका रूपमा परिचित देवकोटाले काठमाडौँ विश्व विद्यालयबाट वित्त व्यवस्थापनमा एम.फिल तथा त्रिभुवन विश्व विद्यालयबाट वित्त व्यवस्थापन विषयमा स्नातकोत्तर गर्नु भएको छ । यस बैंकमा आबद्ध हुनु अगाडी उहाँ नेपाल बैंक लिमिटेडमा महत्वपूर्ण ओहदामा रहि आफ्नो कार्यकुशलता प्रदर्शन गरि सक्नु भएको छ । उहाँको बैंकिङ क्षेत्रमा २३ वर्षको अनुभव छ । “योर पार्टनर फर प्रोग्रेस” भन्ने नारालाई आत्मसाथ गरी अनवरत रूपले नेपाली जनताको घरदैलोमा बैंकिङ्ग सेवा पु¥याँउदैै आएको यस बैंकले देशैभरी फैलिएका आफ्ना ८१ वटा शाखा, ७५ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

यसका साथसाथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम गुनासो सुनुवाई जस्ता कार्यहरूे छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने उद्देश्यले बैंकले सात वटै प्रदेशमा प्रादेशिक कार्यालयहरुको स्थापना गरिसकेको छ । ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा ए.टि.एम.कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

/* */