राजनीति

चिकित्सक आन्दोलन : सुरक्षाकर्मी परिचालन गरी वीरमा सेवा सूचारु

काठमाडौं : समायोजनप्रति असन्तुष्टि जनाउँदै आएका सरकारी चिकित्सकका कारण सेवा ठप्प रहेको वीर अस्पतालमा सुरक्षाकर्मी परिचालन गरी बुधबार बहिरंग विभाग (ओपिडि)को टिकट वितरण गरिएको छ।

उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको निर्देशनमा प्रहरी परिचालन गरी सेवा सूचारु गरिएको हो ।सरकारी चिकित्सक संघ (गोदान)को आव्हानमा सरकारी चिकित्सक आन्दोलनमा उत्रिएका कारण शुक्रबारदेखि आकस्मिक बाहेकका सेवा बन्द रहेको थियो।अस्पताल विकास समितिबाट अस्पतालमा नियुक्ति पाएका चिकित्सकले अस्पताल परिसरमै सेवा सूचारु गरेका छन्। 

वीर अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले ओपिडिको टिकट वितरण गरी सेवा सूचारु गरिएको जानकारी दिए।डा. सेन्चुरीकाअनुसार ३ सय बिरामीले टिकट काटेर सेवा लिइरहेका छन्। 

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

/* */