समाचार

पूर्वराजा ज्ञानेन्द्रलाई विमानस्थल पुर्‍याएर फर्किएको कारले ठक्कर दिँदा एक जनाको मृत्यु

पूर्वराजा ज्ञानेन्द्र शाहलाई विराटनगर विमानस्थल पुर्‍याएर फर्किएको गाडीको ठक्करबाट एक जनाको ज्यान जानुको साथै अर्का एक गम्भीर घाइते भएका छन्।

पूर्व राजा ज्ञानेन्द्रलाई विमानस्थल पुर्‍याएर फर्कने क्रममा मोरङको सुन्दरहरैंचा नगरपालिका–४ बुधबारे चोकमा बुधबार राति गाडीले मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको हो।

बा ३ च ७९६२ नम्बरको कारले विपरित दिशाबाट आउँदै गरेको को १५ प ९९७८ नम्बरको मोटरसाइकललाई बुधबार राति ९ बजे ठक्कर दिएको थियो।

कारको ठक्करबाट मोटरसाइकल चालक इटहरी उपमहानगरपालिका–८ बस्ने २२ वर्षीय प्रकाश चौधरी र मोटरसाइकलको पछाडि सवार वर्ष २२ को हेम चौधरी गम्भीर घाइते भएका थिए।

घाइते दुवैलाई उपचारको लागि नोबेल अस्पताल विराटनगर पठाइएकोमा उपचारको क्रममा मोटरसाइकलको पछाडि सवार हेम चौधरीको बुधबार राति मै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार कारका चालकलाई नियन्त्रणमा लिइएको छ ।

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

/* */