मनोरञ्जन

ब्ल्याकपिंकको “किल दिस लभ” गितले युट्युबमा मचायो हंगामा

युट्युवमा हालै मात्र अपलोड गरीएको “किल दिस लभ” पप गित भाइरल भएको छ । यो भिडियो ‘ब्ल्याकपिंक’ नामको युटयुब एकाउन्टबाट अपलोड गरीएको छ । यो समाचार तयार पार्दा सम्म यसले १३६ मिलियन भ्युज पाईसकेको छ । अहिलेसम्म यो भन्दा पहिला गंगनम स्टाईल भिडियोले यति कम समयमा पपुलारिटि पाएको थियो ।

दक्षिण कोरीयाली पप ब्याण्ड ‘ब्ल्याकपिंक’ ले ४ अप्रिलमा आफनो युट्युब एकाउन्टबाट किल दिस लभ बोलको गित अपलोड गरेको थियो । हेर्दा हेर्दे यो भिडियो भाइरल भएको छ । ३ः१४ मिनेटको यो भिडियो अहिले हरेक युवाहरुले गुनगुनाउन थालीसकेका छन् । यो भिडियोमा चार जना युवतीहरुले गित गाएको र नाचेको देखाइएको छ । भिडियोमा धेरै राम्रो लोकेशन पनि देखाइएको छ ।

भिडियोलाई धेरै नै मन पराइएको छ । केबल ५ दिनमा यसले १३,६४,८०,७८४ पटक हेरिसकिएको छ । युट्युबमा यो शानदार भिडियो अपलोड गरेसँगै ब्ल्याकपिंकले उनीहरुको समर्थकहरुबाट धेरै नै माया पनि पाएको छ । गिले अहिलेसम्म ५.४ मिलियन लाइक र १०,२६,२३१ भन्दा बढिको कमेन्ट पनि पाइसकेको छ ।

 

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

/* */