राजनीति

अंग्रेजलाई पराजित गरेको सम्झनामा विजयोत्सव मनाउँन प्रधानमन्त्री ओली र प्रचण्ड बुटवल जाने

बुटवल । तत्कालीन अंग्रेजलाई दुई सय वर्षअघि पराजित गरेको खुसियालीलाई बुटवल उपमहानगरपालिकाले जीतगढी विजय उत्सव दिवसका रुपमा मनाउँदै छ । सम्पदास्थल किल्ला परिसरमा बैशाख ७ गते शनिवार विजय उत्सव मनाउन लागिएको हो ।

२०४ वर्षअघि विसं १८७१-७२ बैशाख ७ गते कर्णेल उजिरसिंह थापाको कमाण्डले अंग्रेज सेनालाई पराजित गरेको दिन हो । सोही दिनलाई विजय उत्सव दिवसका रुपमा गत वर्षदेखि बुटवलले भव्य रुपमा मनाउन लागेको हो ।

 

यस पटक शनिबार (भाेली) दोश्रो बिजयोत्सवको दिन जीतगढी किल्ला परिसरमा निर्माण गरीएको कर्णेल उजीर सिंह थापाको पूर्ण कदको शालिक अनावरण गर्ने र शालिकको छेउँमा विशाल राष्ट्रिय झण्डा झण्डोत्तोलन गर्ने कार्यक्रम रहेको नगर प्रमुख शिवराज सुवेदीले जानकारी दिए। शालिक अनावरण र झण्डोत्तोलन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन ।


कर्णेल उजीर सिंह थापाको पूर्ण कदको शालिक

बिजयोत्सव समारोहमा प्रधानमन्त्री ओलीसहित पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, रक्षामन्त्री इश्वर पोखरेल, कांग्रेस महामन्त्री सशांक कोइरालालगायतका शीर्ष नेता बुटवल आउने कार्यक्रम रहेको प्रमुख सुवेदीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

/* */