अर्थ/वाणिज्य

तेक्वान्दो खेलाडीहरुलाई सिटी एक्सप्रेसको सहयोग

जापानको ओसाकामा हुन गइरहेको १७ औं वाता ओपन अन्तर महादेशीय तेक्वान्दो च्याम्पियनशिपमा नेपाल तेक्वान्दो संघको तर्फबाट भाग लिन नेपालबाट सहभागी तेक्वान्दो खेलाडीहरुलाई सिटी एक्सप्रेसको तर्फबाट सफलताको शुभकामना दिदैं सम्पुर्ण खेलाडीहरुलाई सिटी एक्सप्रेसले ट्रयाक सुट उपलब्ध गराई सहयोग गरेको छ । 


उक्त वाता ओपन अन्तर महादेशीय तेक्वान्दो च्याम्पियनशिप, जापानको ओशाकामा यहि अप्रिल २० तारिक देखि सुरु हुदैछ । विश्वका विभिन्न मुलुकबाट सहभागिता जनाइने यस च्याम्पियनशिपमा नेपालले पनि भाग लिन लागेको हो । सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १२ वर्ष देखि बिश्व भरी आफ्नो रेमिट एजेन्ट्हरु बाट ७००० भन्दा बढी नेपालको एजेन्ट्हरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।
 

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

/* */