अर्थ/वाणिज्य

सिटी एक्सप्रेस मनी ट्रान्सफर अब यू.के मा पनि


सिटी एक्सप्रेस मनी ट्रान्सफर यू.के को औपचारीक उद्घाटन समारोह हालै यू.के को रेडीङ स्थित कार्यालयमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा यु.के का लागी नेपालका राजदूत डा.दुर्गाबहादुर सुवेदी प्रमुख अतिथिका रुपमा रहनुभएको थियो । साथै एनआरएन यू.के का अध्यक्ष योगकुमार फगामी, रेडिङ नेपाल समाजका अध्यक्ष टेकबहादुर गुरुङ, सिटी एक्सप्रेस मनी ट्रान्सफर नेपालका प्रबन्ध निर्देशक चन्द्र टण्डन, सिटी एक्सपे्रस मनी ट्रान्सफर नेपालका उपाध्यक्ष डोलराज शर्मा , सिटी एक्सप्रेस मनी ट्रान्सफर जापानका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत महेशकुमार श्रेष्ठ र सिटी एक्सप्रेस मनी ट्रान्सफर यू.के लिमिटेडका प्रबन्ध निर्देशक करमबहादुर गुरुङ्गले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो ।

सिटी एक्सप्रेस मनी ट्रान्सफर यू.केले आफ्नो सेवा मोवाइल एप्लिकेशन र अनलाईन बाहेक यू.के भर आफ्ना प्रतिनिधि मार्फत पनि दिने योजना बताएको छ साथै छिट्टै नै यू.के बाट नेपालमा मात्रै सिमित नभई विश्वभर बिप्रेषण सेवा दिने योजना पनि सार्वजनिक गरेको छ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै विगत १२ बर्ष देखि विश्वका विभिन्न मुलुक बाट रेमिटान्स भित्र्याउदै नेपालको ७००० भन्दा बढि एजेन्टहरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।
 

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

/* */