अर्थ/वाणिज्य

सगरमाथा इन्स्योरेन्सको हात हातमा बीमा

वर्तमान युग सुचना प्रबिधिको युग भएकोले सेवा प्रदायक संघ संस्थाहरुले आफ्नो सेवा बिस्तारका लागि प्रबिधिलाई आत्मसाथ नगरी सम्बृद्धि प्राप्त गर्न कठिनाई हुने तथा जोखिमको शुरक्षणका लागी उपभोक्ताहरुको शुरक्षित हुने अधिकारको कुरालाई मध्यनजर गरी आफ्ना कार्यक्रमहरु अघि बढाउन’ आजको आवश्यकता हो भन्ने बुझाईका साथ सगरमाथा इन्स्योरेन्सले आफुले बिक्री गर्दै आएका बीमालेखहरुलाई सूचना प्रबिधिसंग एकाकार गर्ने उद्देश्यकासाथ बीमा सेवाको पहुंचलाई जन जनमा पु¥याउन आवश्य ठानी आफ्नै हातमा रहने मोवाईलबाट बीमालेख खरिदको पहुंच पु¥याउनका लागी आफ्ना उत्पादनहरुलाई चरणबद्ध रुपमा इन्स्योरेन्स डिजिटल्ली कार्यक्रम लागू गर्दै जानका लागि तथा बीमा समितिले हालै जारी गरेको सम्पत्ति बीमा निर्देशिकाको निर्देशन अनुरुप बीमालेखलाई डिजिटल गर्नुपर्ने ब्यवस्थालाई समेत ध्यानमा राखी ११ गतेबाट नेपालमै निर्जीवन बीमा उद्योगको क्षेत्रमा पहिलो पटक कम्पनीले बिक्री गर्दै आएका बीमालेखहरु मध्ये प्रथम चरणमा मोटर साईकलको तेश्रोपक्ष बीमालेख, घर बीमालेख, दुर्घटना बीमालेख र ट्राभलर्स मेडिक्लेम बीमालेखलाई अनलाईन पोर्टल मार्फत कम्पनीले बिकास गरेको मोवाईल एपका माध्यामबाट कम्पनीका ग्राहकहरुले आफुसंग रहेको मोवाईबाट एप डाउनलोड गरी आफुलाई चाहिएको बीमालेख खरिद गर्न सक्ने ब्यवस्था गरी इन्स्योरेन्स डिजिटल्ली युगको शंखघोस सहित इन्स्योरेन्स डिजिटल्ली सेवाको शुरुवात गरेकोछ ।

उक्त बीमासेवाको शुरुवात पश्चात उपभोक्ताको हातहातमा बीमासेवा उपलब्ध हुनेछ । सो इन्स्योरेन्स डिजिटल्ली सेवाको बीमा समितीका अध्यक्ष चिरञ्जीबी चापागाई र कम्पनीका अध्यक्ष आर.के.मानन्धरबाट हालै आयोजित एक कार्यक्रममा संयुक्त रुपमा समुद्घाटन गर्नुभयो । उद्घाटन पश्चात कम्पनीका प्रमुख कार्यकारी अधिकृतले इन्स्योरेन्स डिजिटल्ली कार्यक्रमको बिशेषता र बीमालेख खरिद प्रकृयाका बारेमा बिस्तृत रुपमा जानकारी प्रदान गर्दै यसका चुनौति र समस्याहरको गहन अध्यनसंगै आफ्ना सबै बीमालेखहरुलाई क्रमश डिजिटलाईज्ड गर्दै लाने जानकारी गराउनु भयो । बैशाख ११ गतेबाट शुरु गरिएको इन्स्योरेन्स डिजिटल्ली कार्यक्रमबाट बीमाको पहुच पुग्न नसकेका स्थानीय निकायमा समेत कम्पनीको पहुंच पुग्ने र नेपाल सरकारले अघि सारेको कृषक तथा न्यून आय भएका ब्यक्तिको शुरक्षालाई लक्षित गरी अनुदान समेतको ब्यवस्था गरिएका लघु बीमा तथा बाली तथा पशुपन्छी बीमाका लागी दुर्गम बस्तीमा बसोवास गर्ने बासिन्दा समेतले यस प्रबिधिको माध्यामबाट सहजै बीमा सेवा प्राप्त गर्न सक्ने धारणा राख्नु भएको थियो ।

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

/* */