अन्य

इमानदार सन्तान कसरी हुर्काउने ?

इमानदार सन्तान कसरी हुर्काउने ?

भर्खर जन्मेका शिशुहरुले झुट बोल्दैनन् । दुई–तीन वर्षसम्मका बच्चाहरुले अलिअलि झुट बोल्छन् । र त्यो भन्दा बढि उमेरका बच्चाहरुले धेरै नै ढाँट्छन् । तर यसमा चिन्ता भन्दा पनि खुशी मान्नु पर्छ किनकी बच्चाहरुले ढाँट्नुको अर्थ उनीहरुमा संज्ञानात्मक अर्थात वैचारिक क्षमताको विकास भइरहेको छ भन्ने हो ।

झुटले नै इमानदारिताका लागि मार्ग प्रसस्त गर्छ । र यसले बच्चाको सञ्चार क्षमता निर्खाछ, जब झुट बोल्ने बानी सुधार गर्नका लागि अभिभावकले प्रयास गर्छन् । सही र गलतको विकास तथा शिक्षाले इमानदारिताको बहु–तथ्यात्मक बुझाईलाई सहयोग गर्छ ।

यो प्रक्रियाले समय लिन्छ र अभिभावकले बुझ्नु र सम्झनु पर्छ कि इमानदारिता सत्य कुरा भन्नु जस्तो सजिलो होइन । बच्चाहरुलाई पूर्ण रुपमा सत्य बोल्ने बन्नु पर्छ भनेर सिकाइनु हुँदैन र बच्चा पूर्ण सत्य बोल्ने पनि हुँदैनन् । अमेरिकाको मासुचुसेस्ट्स नजरल हस्पिटलको क्ले सेन्टर फर योङ्ग हेल्थी माइन्डसका प्रमुख बाल मनोविज्ञ जिन बेरसनका अनुसार पूर्ण सत्यता वा सबै अवस्थामा सत्य मात्रै बोल्नु सामाजिक रुपमा स्वीकार्य पनि हुँदैन । उनका अनुसार इमानदारिताको सिकाई गम्भीर र दृष्टिकोण निर्माण गर्ने लामो प्रक्रिया हो । अर्को अर्थमा यो सजिलो छैन ।

उनले भने, ‘सही र गलतको बुझाइले इमानदारिता र सत्य तर्फ लैजाने ठान्छौँ । तर बच्चाहरुका लागि यो निकै ठूलो अवधारणा हो । उनीहरुमा यसको अर्थ स्कूल जाने उमेरसम्म बसेको हुँदैन । पाँच वा ६ वर्षको भएपछि मात्रै उनीहरुले सही र गलत बुझ्न थाल्छन् । त्यो भन्दा कम उमेरका बच्चाहरुले राम्रो र नराम्रो बुझ्छन् । यसलाई इमादारिताको पूर्वावस्था भन्न सकिन्छ । र अभिभावकले अपनाउने सिकाई मोडल पनि यसैमा आधारित हुनु पर्छ ।’

इमानदार बच्चा हुर्काउनका लागि गर्नु पर्ने केही कुराहरु यस्ता छन्,

आफू इमानदार बन्ने

इमानदारिता भनेको आफैले आफूलाई बुझ्दै र बुझाउँदै जाने प्रक्रिया हो । बच्चालाई सानैदेखि सही र गलतबारे बुझाउनका लागि अभिभावकले उनीहरुको अगाडि अधिक मात्रामा झुट बोल्नु हुँदैन । साना कुरामा पनि अभिभावकले बच्चाहरुका अगाडि सत्य नै बोल्नु पर्छ ।

गल्ती स्वीकार गर्ने

अभिभावकले गल्ती गरेमा त्यसलाई स्वीकार गर्नु पर्छ । गल्तीका लागि माफी पनि माग्नु पर्छ ।

अभिभावक तानाशाही बन्नु हुँदैन

इमानदार सन्तान हुर्काउनका लागि सबैभन्दा बढि चाहिने भनेको धैर्य हो । उमेरसँगै बच्चाको जीवनमा पनि परिवर्तन आइरहेका हुन्छन् । उनीहरु इमानदार बन्नका लागि सहज महसुस गर्ने अवस्थाहरु पनि परिवर्तन हुँदै जान्छन् । यसका लागि सजाय उपुक्त विकल्प होइन ।

बाल मनोविद जिन बेरसन भन्छन्, ‘अभिभावकले बच्चाहरुलाई आफ्नो पक्ष राख्ने वा बोल्ने मौका दिनु पर्छ । नियम परिवर्तन गर्ने भन्दा पनि बच्चाले गल्ती गरेमा तिमीले यस्तो नियम उल्लंघन ग¥यौ भनेर बताउनु पर्छ । बच्चालाई त्यसमा विश्वास नलागेमा अभिभावकसँग कुरा गर्छन्, त्यसपछि अवस्था स्पष्ट हुन्छ ।’

बच्चाले नियम उल्लंघन गरेमा त्यसको केही भरपाई उनीहरुले गर्नै पर्छ । सँगै नियमहरुका बारेमा छलफल गर्ने र सँगै उनीहरुका राम्रा बानीका लागि प्रशंसा पनि गर्दा बच्चामा इमानदार हुने रहर थप जागृत हुन्छ ।

सिकाईका लागि पुस्तक तथा चलचित्रहरुको प्रयोग गर्ने

इमानदार सन्तान हुर्काउनका लागि अभिभावकले बच्चाहरुमा पुस्तक पढ्ने बानीका विकास गर्नु पर्छ । यस्तै बच्चाहरुसँगै बसेर चलचित्र हेर्ने र चलचित्रका पात्रले केही नराम्रो गरेको सिन आएमा त्यसलाई ‘पज’ गरेर त्यो किन भयो भनेर बुझाउने गर्नु पर्छ ।

इमानदारिताका लागि समय लाग्छ भन्ने बुझ्नु पर्छ

अभिभावकले बच्चा इमानदार बन्नका लागि समय लाग्छ भन्ने बुझ्नु अति महत्वपूर्ण हुन्छ । बच्चाहरुले कहिले काहीँ झुट बोल्न सक्छन्, त्यसलाई ठूलो बनाउनु हुँदैन । तर त्यसलाई बानीका रुपमा विकास हुन भने दिनु हुँदैन ।

(यो सामग्री फादर्ली डट कमबाट साभार गरिएको हो ।)

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

/* */