अन्य

मान्छेले खेदेपछि रिसाएको बँदेलले अन्डकोषमा टोक्यो

बँदेलले अन्डकोषमा टोक्यो

मलंगवा । सर्लाहीमा आज सोमवार विहान १० बजे जङ्गली बदेलले टोक्दा ५ जना गम्भिर घाइते भएका छन् । घाईते हुनेहरुमा विष्णु गाउपालिका वडा नं. ६ हराई सिमरा चक्वा टोल बस्ने ६३ वर्षिय किष्णु मण्डल, ३२ वर्षिय नविन यादव,३० वर्षिय रामदुलार राय यादव , ४७ वर्षिय रामनारायण राय र ४५ वर्षिय चुलहाई राय यादव रहेका छन् ।

बँदेलले स्थानियको अण्डकोष, तिघ्रा टाउको, छातिमा टोकेको थियो । बँदेललाई मार्न भन्दै स्थानियले लखेटेपछि रिसाएको बँदेलले खेतमा काम गरिरहेका किसानहरुलाई टोकेर घाइते बनाएको प्रत्यक्षदर्शि सोहि वडाका स्थानिय मनोज रायले बताए । घाईतेहरुको जिल्ला अस्पताल सर्लाहीमा उपचार भईरहेको छ घाईतेहरुको संख्या बढन सक्ने जिल्ला प्रहरी कार्यलयका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक प्रतित सिंह राठोरले जानकारी दिए ।

 

पछिल्लो समय सर्लाहीको ग्रामिण क्षेत्रमा जंगली बँदेलको बिगबिगि बढेको छ । जंगली जनावरको कारण स्थानीय बासिन्दा अहिले त्रसित भएका छन । जिल्लाको दक्षिण क्षेत्रमा पर्ने विष्णु गाउपालिका, चक्रघाटा, कविलासि,मलंगवा,गोडैता,कौडेना चन्द्रनगर, पर्सा,ब्रहम्पुरी लगायतको स्थानमा बँदेलले दुःख दिन थालेको छ ।

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

/* */