अन्य
अक्षय तृतीया जौको सातु र सर्वत खाएर मनाइदैं
अक्षय तृतीया
प्रकाशित

– आज वैशाख शुक्ल तृतीया तथा अक्षय तृतीया, जौको सातु–सर्वत खाएर मनाइदैंछ । आजको दिन जौको सातु र सर्वत बाँडे मोक्ष प्रापती हुने जनविश्वास रही आएको छ । पौराणिक ग्रन्थहरूमा त्रेतायुगको आरम्भ यसै दिनबाट भएको मान्यता छ । अक्षय तृतीयालाई सत्ययुगादि तिथि पनि भनिन्छ । आजको दिन भगवान् विष्णुका छैटौं अवतार परशुराम जयन्ती पनि मनाइने गरिन्छ । ब्रह्मा, विष्णु र महेश्वरको आवाहन गरी घडा र जौको सातुलगायत शीतलता प्रदान गर्ने वस्तु दान गर्नाले अक्षय फल प्राप्त हुने पुराणहरूमा उल्लेख छ ।