अन्य

पोर्न साइट प्रतिवन्धपछि यौन हिंसाको दर कति घट्यो ?

पोर्न साइट प्रतिवन्धपछि यौन हिंसाको दर कति घट्यो ?

निर्मला पन्तको बलात्कारपछि हत्या भयो । त्यही समयमा यौन हिंसाका यस्ता घटना धेरै भए । आफ्नै बुवाद्वारा छोरी बलात्कृत भएको जस्ता अत्यान्तै निन्दनिय खबर पनि बाहिर आए । बालिका एवं किशोरीमाथि यौन-ज्यादती भयो । केवल पुरुषमा जागेको कामवासना शान्त गर्न एउटी बालिका, एउटी किशोरी, एउटी युवतीले आफ्नो ज्यान नै त्याग्नुपर्‍यो ।

यस्ता घटनाहरु तब सतहमा आउँछ, जब त्यसको कुनै अपि्रय नतिजा देखापर्छ । बलात्कार एवं यौन हिंसाको धेरैजसो घटना चाहि बाहिर आउँदैन । हरेक घर-घरमा, हरेक समाजमा यस्ता घटना घटिरहेका हुन्छन् । महिलाहरु यौन हिंसाका शिकार भइरहेका हुन्छन् । तर, समाजको लाज, डर आदिले उनीहरुलाई आफ्नो पीडा पोख्न दिदैन ।

 

यसरी यौन हिंसाले समाजको अनुहार नै कुरुप बनाउँदै लगेपछि सरकारले यौनजन्य सामाग्री खासगरी पोर्न साइटमाथि प्रतिबन्ध लगायो । नेपालम हेरिने र पहुँच भएका असंख्यौं साइट बन्द गरिए । पोर्न साइट प्रतिबन्ध गर्नुको मूल ध्येय यौन हिंसा न्युनिकरण गर्नु नै थियो ।

यस्ता अश्लिल साइटहरुले यौन हिंसामा उक्साउने वा यौन मनोविकार पैदा गरिदिने ठहर गरेरै हुनुपर्छ, धमाधम अश्लिल साइट बन्द गरिए । यौन हिंसा रोक्नका लागि पोर्न साइट बन्द गर्नु कति अर्थपूर्ण हुन्छ ? यो छुटै वहसको विषय होला । यद्यपी प्रविधिमाथि यस किसिमको हस्तक्षेप र निषेध अहिलेको युगमा त्यती संभव नहोला, खासगरी हाम्रो जस्तो मुलुकमा ।

यता सरकार धमाधम पोर्न साइट बन्द गरिरहँदा उता प्रयोगकर्ताहरुले अन्य विकल्पबाट त्यस्ता साइटहरु हेरिरहेका थिए । हेरिरहेका छन् ।

सरकारले पोर्न साइट बन्द गरेपछि एक हदसम्म यसको प्रयोग घटेको होला वा असहज भएको होला । यद्यपी पोर्न साइट बन्द गरेपछिका दिनमा यौन हिंसाको घटनामा कुनै कमी आयो ? यौनजन्य कृत्यमा कुनै कमी आयो ?

आज हेरौ, हिजोकै जस्तो अवस्था छ । बलात्कार, हत्या, हिंसा भइरहेकै छन् । न संख्या घटेको छ, न प्रवृत्ति घटेको छ । त्यसो भए पोर्न साइट बन्द गर्नु वा पोर्न साइटमाथि प्रतिबन्ध लगाउनुको उपलब्धी के हो त ?

हामी किन यौनरोगी बन्दैछौ ? 

किनभने यौनइच्छा वा यौनप्रतिको जिज्ञासामा हामीले ताल्चा लगाएर त्यसले सही प्रतिफल दिदैन । यौनलाई हामी जति जति बर्जित गर्दै जान्छौ, त्यो उत्तिकै विस्फोटक भएर आउँछ । यौनलाई हामी जति जति बेवास्ता र निषेध गर्दै जान्छौ, त्यो उत्तिनै हिंस्रक भएर आउँछ । किनभने यौन आफैमा अपराध होइन । यौनजन्य गतिविधि पनि अपराध होइन । यौनप्रतिको कौतुहलता र जिज्ञासा पनि अपराध होइन । तर, जथाभावी, बर्बरतापूर्वक गरिने यौन गतिविधि अपराध हो । यद्यपी यौन अपराध रोक्न वा निरुत्साहित गर्नका लागि यौनजन्य सामाग्रीमाथि ताल्चा लगाएर के हुन्छ ?

यौनलाई अनावश्यक महत्व दिइएकाले आज हामी यौनका रोगी बनेका छौ । आज हामी चौबिसै घण्टा यौनको कुरा गर्छौ । मस्तिष्कमा यौन नै बोकेर हिँड्छौ । जुनसुकै अवस्थामा कामवासनाले भरिएका हुन्छौ । सिग्मड प|mायडले भनेका छन्, मान्छेको मन यौनको वरीपरी घुमिरहेको हुन्छ ।

यसरी यौन महत्वपूर्ण मानिनुमा यसलाई बन्देज गर्नु पनि मूल कारण हो भन्छन् ओशो । यसरी सबैतिर यौनलाई बन्देज लगाएपछि त्यो मनको वरीपरी घुमेर बस्छ । यौनलाई बर्जित, घृणित र निन्दित सावित गरिएकाले नै यसप्रति मान्छेमा अरु बढी चासो छ । यदि यौनलाई सहज र खुला बनाइदिने हो भने मान्छेको दिमाग यौन नै यौनले भरिने थिएन ।

हामीले आज यौनजन्य सामाग्री हेर्न निषेध गर्दैछौ । भोलि पोस्टर पनि हेर्न दिने छैनौ । यसरी यौनलाई जति जति हामी लुकाउँदै र बन्देज गर्दै जानेछौ, उत्तिनै यो मान्छेको मनभित्र जरा गाड्नेछ । ओशो भन्छन्, ‘यौनलाई यति महत्वपूर्ण बनाउनुमा साधुसन्तको हात छ, जसले यौनलाई बर्जित र घृणित भनिदिए । सुन्दा यो उल्टो जस्तो लाग्छ, तर सही हो ।’

यौन वा यौनजन्य कुरालाई हामी जति धेरै छेकबार लगाउँछौ, जति धेरै दबाउँछौ, लुकाउँछौ, यो उत्तिनै विस्फोटक हुन्छ ।

आज मान्छे अनैतिक हुँदै गएका छन् । यौन-हिंस्रक हुँदै गएका छन् । यस्तो हुनुमा कथित नैतिकवान मान्छेहरुकै हात छ । उनीहरु पुस्तकमा, टिभीमा, सिनेमामा, उपन्यासमा यौन हुनुहुँदैन भन्ने सर्त राख्छन् वा वाकलत गर्छन् । ओशोको प्रश्न यहाँ सान्दर्भिक हुन्छ, ‘म यो सोध्न चाहन्छु कि अश्लिल किताव वा सिनेमाको कारण मानिस कामुक हुन्छ कि मानिस नै कामुक छ ?’

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

/* */