राजनीति

भारतीय लोकसभा चुनाव : भाजपाको अग्रता

भारतीय लोकसभा चुनाव २०१९ को मतगणना आज बिहानदेखि सुरु भएको छ । भारतको १७ औं लोकसभा निर्वाचनको मत गणना भईरहेकाे हाे। यसै बिचमा सार्वजनिक भएका अहिलेसम्मको नतिजा अनुसार भारतीय जनता पार्टी (भाजपा) को गठबन्धन काँग्रेस आईको गठबन्धनभन्दा अघि देखिएको छ ।

सुरुवाति मतगणनामा भारतीय जनता पार्टीले  ३३४  सिटमा लिड गरिरहेकाे छ ।  कांग्रेसले  १०० आसपास सिटमा लिड गरिरहेकाे छ । भने अन्य दल १०८ भन्दा बढी सिटमा अगाडि रहेका छन् ।

५४३ सिट रहेको भारतीय लोकसभामा सरकार बनाउन २७२ सिट आवश्यक पर्छ ।

भाजपा अध्यक्ष ८० हजार भोटका साथ अगाडि

भारतको गुजरातस्थित गान्धीनगर सीटबाट उठेका भाजपा अध्यक्ष अमित शाह प्रारम्भिक रुझानमा ८० हजार भोटका साथ अगाडि छन् ।

भारतीय राजनीतिका आधुनिक चाणक्य मानिने शाहका विरुद्ध कांग्रेसले डा. सीजे चावडालाई उतारेको छ । अमित शाह पहिलोपटक लोकसभा चुनाव लडेका हुन् ।

त्यसो त गान्धीनगर सीट भाजपाका लागि अभेद्य किल्ला हो । उक्त सीटमा लालकृष्ण आडवाणी उक्त सीटमा लड्थे । महात्मा गान्धीको कर्मभूमि रहेको गान्धीनगर सीट भाजपाका लागि सधैं विजयभूमि रहेको छ ।

गान्धीनगर सीटमा सन् १९६७ मा पहिलोपटक चुनाव हुँदा कांग्रेसले जीत हासिल गरेको थियो । सन् १९८९ देखि चाहिँ भाजपाले लगातार जितिरहेको छ ।

नरेन्द्र माेदी अग्रस्थानमा

वाराणसी क्षेत्रबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ४१ हजार भोटले अगाडि रहेका छन् । वाराणसीमा समाजवादी पार्टी तथा बहुजन समाज पार्टी गठबन्धनकी उम्मेदवार शालिनी यादव दाेस्राे स्थानमा छिन् भने तेस्राे स्थानमा कांग्रेसका अजय राय रहेका छन् ।  एजेन्सी

 

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

/* */