पढ्नै पर्ने

पेस्तोलसहित राजधानीबाट एकजना पक्राउ

काठमाडौं : महानगरीय प्रहरी परिसर काठमाडौंले पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ। मेडइन जापान लेखेको एक थान पेस्तोलसहित तिनकुनेबाट सञ्जय शेर्पा पक्राउ परेका छन्।

परिसरकाे विशेष टोलीले पेस्तोल बोकेर हिँडिरहेको अवस्थामा उनलाई पक्राउ गरेको परिसर प्रवक्ता डिएसपी होबिद्र बोगटीले जानकारी दिए। पक्राउ परेका शेर्पामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

/* */