Advertisment
नेपाल धितोपत्र बोर्ड
प्रशिक्षण, रेडियो कार्यक्रम तथा लगानीकर्तासँग प्रत्यक्ष रेडियो संवाद र शेयर आवेदनसम्बन्धी सूचना ।
बोर्डको यो आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुसार बोर्डबाट देहायअनुसार निःशुल्क रुपमा लगानीकर्ता प्रशिक्षण, रेडियो कार्यक्रम र लगानीकर्तासँग प्रत्यक्ष रेडियो संवाद कार्यक्रम संचालन/प्रसारण भईरहेको तथा शेयर आवेदन सम्बन्धमा सम्बन्धित सबैलाई जानकारी गराईन्छ ।
१. बोर्डको कार्यालय जावलाखेल, ललितपुरमा प्रत्येक महिनाको दोस्रो र अन्तिम शुक्रबार दिनको २ः०० बजे देखि ४ः०० बजेसम्म पाक्षिकरुपमा लगानीकर्ता प्रशिक्षण कार्यक्रम ।
२. रेडियो नेपालमार्फत प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बिहान ७.४० देखि ७.५५ सम्म धितोपत्र तथा वस्तु विनिमय रेडियो कार्यक्रम ।
३. रेडियो कान्तिपुर एफएम बाट प्रत्येक महिनाको पहिलो बुधबार बिहान ७.३० देखि ८.०० बजे सम्म लगानीकर्ता प्रत्यक्ष संवाद कार्यक्रम ।
(सहभागिताका लागि बोर्डको फोन नं ०१–५५४१०५७ को साथै अन्य फोन नं. मार्फत नाम टिपाउनहुन इच्छुक सबैलाई अनुरोध छ ।)
(द्रष्टव्य: बोर्डले सार्वजनिक निष्काशनमा न्युनतम १० कित्ता दरखास्त दिन पाईने र संभव भएसम्म सबै आवेदकलाई कम्तीमा १० कित्ता पाउने व्यवस्था गरेको जानकारी गराईन्छ ।)