अर्थ/वाणिज्य

एसियाली पूर्वाधार लगानी बैंकले माथिल्लो त्रिशुली एकमा १० अर्ब लगानी गर्ने

चीनले नेतृत्व गरेको एसियाली पूर्वाधार लगानी बैंक(एआइआइबी)ले माथिल्लो त्रिसुली १ आयोजनाका लागि ऋण स्वीकृत गरेको छ।एआइआइबी बोर्डले २१६ मेगावाट क्षमताको उक्त आयोजनाका लागि ९ करोड अमेरिकी डलर ऋण स्वीकृत गरेको चाइना डट ओआरजीले जनाएको छ।

बुट मोडलमा निर्माण हुने यो आयोजनामा कोरियाली कम्पनी कोरिया साउथ इस्ट पावर कम्पनी लिमिटेडको बहुमत स्वामित्व रहेको छ। बिकेस प्रधानानंग स्थानीय साझेदार रहेको यो आयोजनामा आइएफसी र एसियाली विकास बैंकले ऋण दिएका छन्।

६४ करोड अमेरिकी डलर लागत रहेको यो आयोजना बनाउन ४५ करोड डलर ऋण लिने कम्पनीले घोषणा गरेको छ।

बैंकसँगको ऋण सम्झौतामा आयोजना प्रबर्द्धक नेपाल वाटर एण्ड इनर्जी डेभलेपमेन्ट कम्पनीका तर्पबाट प्रबन्ध निर्देशक किम मिन योङ र बैंकका तर्फबाट सिनियर इन्भेष्टमेन्ट अफिसर प्रकाश बजोरियाले हस्ताक्षर गरेका छन्।

बैंकले तामाकोशी पाँचौ आयोजनाको तयारीका लागि ९ लाख अमेरिकी डलर अनुदान दिने निर्णय गरेको छ। बैंकका सदस्य राष्ट्रले पाउने विशेष कोषबाट नेपालले योसँगै नेपालको विद्युत प्रसारण लाइन सुदृढीकरणका लागि १० लाख अमेरिकी डलर ऋण दिने निर्णय गरेको छ।

नेपालको तर्फबाट अन्य पूर्वाधार आयोजनाका लागि ऋण माग गरिएपनि तयारी अवस्थमा आयोजना नभएको भन्दै दिएको छैन। छहरे सुरुङ मार्ग,तामाकोशी पाँचौ तथा न्य सहरीकरण आयोजनाका लागि नेपालले ऋण माग गरेको थियो।

तामाकोशी पाँचौंको अध्ययनका लागि बैंकले अनुदान दिएपनि अन्य आयोजना तयारी अवस्थामा नभएको भन्दै ऋण स्वीकृत गरेको छैन।

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

/* */