अर्थ/वाणिज्य

जनता बैंक र लिडरशिप एकेडेमीबिच संझौता 

जनता बैंकको विभिन्न तहका कर्मचारीहरुलाई क्षमता अभिबृद्धि र नेतृत्व विकास सम्बन्धि अन्तराष्ट्रिय स्तरको शिक्षा तथा तालिम संचालन गर्न जनता बैंक र र लिडरशिप एकेडेमीबिच संझौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । उक्त संझौता पत्रमा जनता बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुंवर क्षेत्री र र लिडरशिप एकेडेमीका फाउण्डर अरुणराज जोशीले हस्ताक्षर गर्नुभयो । 

संस्थाले अमेरिकाको राईस युनिभर्सिटी विजनेस स्कुलको उच्च स्तरीय तथा अन्तराट्रिय स्तरको सिप बिकास, व्यवसायीक दक्षता तथा नेतृत्व बिकास सम्बन्धि शिक्षा आवश्यकता अनुसार बिभिन्न तहका कर्मचारीहरुलाई प्रदान गर्नेछ । यस्ता तालिम तथा सिप मुलक शिक्षा अनलाईन कोर्स, गोष्ठि तथा सेमिनारहरु मार्फत प्रदान गरिने बैंकले जानकारी दिएको छ ।


 

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

/* */