समाचार

लोकसेवामा ३ लाख आवेदन, ६ करोड राजस्व संकलन

काठमाडौं: लोकसेवा आयोगले स्थानीय तहका लागि आह्वान गरेको विज्ञापनमा झन्डै ३ लाखको आवेदन परेको छ ।

आयोगका अनुसार आइतबार साँझ ५ बजेसम्म २ लाख ९३ हजार २ सय ७१ जनाको आवेदन दर्ता भएको छ ।

जसअन्तर्गत खुलातर्फ २ लाख ८९ हजार ७ सय ८८, जनजातितर्फ ३१ हजार १ सय ३६, मधेसीतर्फ १८ हजार १ सय ८८, दलिततर्फ २ हजार २ सय ३९, अपांगता भएकातर्फ १ सय ११ र पिछडिएका क्षेत्रतर्फ ८७ जनाको आवेदन परेको आयोगले जनाएको छ ।

आवेदनबापत झन्डै ६ करोड राजस्व संकलन भएको छ । आयोगका अनुसार ५ करोड ५४ लाख ५९ हजार १ सय रुपैयाँ राजस्व संकलन भइसकेको छ ।

आयोगल दिएको आवेदनको समयावधि मंगलबार राति १२ बजेबाट समाप्त हुँदै छ । प्राविधिक समस्याका कारण आवेदन दिन नपाएको गुनासोपछि आयोगले समयावधि थप गरेको थियो । आवेदकले अनलाइन आवेदनमा अझै समस्या उत्पन्न भएको गुनासो गर्दै आएका छन् ।

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

/* */