अर्थ/वाणिज्य

सगरमाथा इन्स्योरेन्सको अध्यक्षमा पुनः मानन्धर 

सगरमाथा इन्स्योरेन्स कम्पनीको २२ औंंंं वार्षिक साधारण सभा हालै सम्पन्न भएको छ । उक्त साधारणसभा कम्पनीको अध्यक्ष रामकृष्ण मानन्धरको अध्यक्षतामा सम्पन्न भएको थियो । सो साधारण सभाबाट कम्पनीको हालको चूक्ता पुंजी रु. ५३ करोड ८२ लाख ९१ हजार ९ सय रहेकोमा ८६ प्रतिशत बोनस शेयर बितरण गर्ने र उक्त बोनस शेयरमा लाग्ने लाभांश कर शेयरधनी स्वयंले व्यहोर्नु पर्ने प्रस्ताव पारित गरेकोछ । उक्त प्रस्ताव पारित भए पश्चात कम्पनीको चूक्ता पुंजी रु.९ अरब १२ लाख २२ हजार पुगेको छ । साथै उक्त साधारण सभाले कम्पनीको नियमावलीमा शंसोधन गरी सञ्चालक समितिको संख्या ७ जना कायम गरेकोछ ।

उक्त साधारण सभाले कम्पनीको संस्थापक शेयरधनी समुह “क” बाट प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण समुह “ग” बाट प्रतिनिधित्व गर्ने २ जना संचालक निर्वाचित गरेकोछ ।  संस्थापक शेयरधनी समुह “क” बाट रामकृष्ण मानन्धर, लोकमान्य गोल्छा र सिद्धार्थ मणि राजभण्डारी निर्बिरोध निर्वाचित हुनुभयो भने सर्वसाधारण शेयरधनी समुह “ग”  बाट कीर्तिकुमार जोशी र गजेन्द्रलाल श्रेष्ठ निर्बिरोध निर्वाचित हुनु भएकोछ । कम्पनीमा बैदेशिक संयुक्त लगानी साझेदार सेलिन्को इन्स्योरेन्स पिएलसीबाट मनोनित १ जना र स्वतन्त्र संचालक १ जना सहित जम्मा ७ जनाको संचालक समिति रहनेछ । सोही दिन सांझ बसेको नव निर्वाचित संचालकहरुकोे बैठकबाट संचालक समितिकको अध्यक्षमा रामकृष्ण माननधर सर्वसम्मत रुपमा निर्वाचित हुनु भएको हो  ।

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

/* */