राजनीति

विहानै बालुवाटारमा मन्त्रीपरिषदको आकश्मिक बैठक

काठमाण्डौँ, असार २४ । मन्त्रीपरिषदको आकश्मिक बैठक बालुवाटारमा जारी छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा सहभागी हुन मन्त्रीहरु बिहान बालुवाटार पुगेका हुन् ।

सोमबार दिउँसो चारबजे मन्त्रीपरिषदको बैठक बसेको थियो । त्यसपछि राष्ट्रपति भवन शीतल निवास पुगेका प्रधानमन्त्री ओलीले पुनः मंगलबार बिहानका लागि बैठक बोलाएका हुन् ।

मन्त्रीहरुलाई बिहानको खानको व्यवस्था बालुवाटारमै गरिएको जनाइएको छ । बैठकमा छलफल हुने विषय भने खुलाइएको छैन ।

पछिल्लो समय सरकार एकपछि अर्को विवादमा फस्दै गएको छ । भारतबाट आयातित तरकारीमा विषादी परीक्षण गर्ने आफ्नै निर्णयबाट पछि हटेपछि सत्तापक्ष र विपक्षबाट सरकारको चर्को आलोचना भइरहेको छ । प्रधामनन्त्री ओली भारतीय दबाबमा सरकार पछि हटेको आरोप सत्तारुढ नेकपाभित्रैबाट लागेको छ ।

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

/* */