समाचार

ओखलढुङ्गाको मानेभज्याङमा बस दुर्घटना हुँदा ३ जनाको ज्यान गयाे, १९ घाइते

ओखलढुङ्गा । ओखलढुङ्गाको मानेभज्याङ गाउँपालिका ६ डढुवामा बस दुर्घटना हुँदा तीन जनाको घटना स्थलमै मृत्यु भएको छ । अन्य १९ जना घाइते भएका छन् ।

घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर छ । काँकडभिट्टाबाट सोलुखुम्बु तर्फ आउँदै गरेको मे १ ख १८९१ नम्बरको बस सडकबाट ५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनाका गम्भीर घाइते तिन जनालाई हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ । भने अन्यको उदयपुरको घुर्मी स्थित आस्था र जनसेवा मेडिकलहलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

घटनास्थलमा ओखलढुङ्गा प्रहरी प्रमुख र सहायक प्रमुख दुबै जना पुगेका छन् ।
घटनाको थप विवरण आउन बाकिँ छ ।

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

/* */