समाचार

भारतमा विल्डिङ ढल्दा एकै घरका तीन नेपालीसहित चार जनाको मृत्यु

काठमा्डौं : भारतको बेङ्लोरमा निर्माणाधीन भवन ढल्दा तीन नेपालीसहित चार जनाको मृत्यु भएको छ ।  मंगलबार राति निर्माणधिन भवन ढल्दा नेपालको बझाङका एकै परिवारका तीन जनासहित एक भारतीय नागरिकको ज्यान गएको हो ।

मृत्यु हुनेमा बझाङको थलारा गाउँपालिका–२ बगडाका नारायण खड्का, उनकी श्रीमती मञ्जु र छोरी अनुष्कासहित भारतको बिहारका शम्भु कुमार रहेका छन् । साथै बिल्डिङबाट सात व्यक्तिको उद्दार गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

/* */