राजनीति

प्रधानमन्त्रिको लागी हिलोमाथि नै ‘रेड कार्पेट’

काठमाडौँ, असार २५ । प्रधानमन्त्रि केपी शर्मा ओलीलाई हिलो माथि रातो कार्पेट ओच्छ्याएर स्वागत गरीएको छ । बुधबार त्रिभुवन विश्वविद्यालयले आफ्नो ६० औं वार्षिक उत्सवको अवसरमा विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओली नवनिर्मित उप–कुलपति कार्यालयको भवन र मन्दिरको उद्घाटन त्यही कार्पेट हुँदै उद्घाटनस्थल पुगेका हुन् ।

केही दिनदेखी परेको पानीले हिलाम्मै बनेको उद्घाटन स्थलको मर्मत सम्भार नगरी हिलोमै रातो कार्पेट ओछ्याइएको थियो । अहिले उक्त फोटो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
भुकम्पका कारण क्षति पुगेको उपकुलपतिको भवन चार बर्ष पछि निर्माण भएको हो।

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

/* */