मनोरञ्जन

शृङ्खलाले चढिन् युरोपको सर्वोच्च शिखर

पूर्व मिस नेपाल शृंखला खतिवडाले युरोपको सर्वोच्च शिखर ‘मो ब्लाँ’ को सफल आरोहरण गरेकी छन् ।

उनी मंगलबार उत्त हिमालको चुचुरोमा पुगेको काठमाडौंस्थित फ्रान्सेली दूतावासले जनाएको छ । पूर्व मिस नेपाल खतिवडा नेपाल–फ्रान्स कूटनीतिक सम्बन्धको ७० औं वर्ष पुगेको अवसरमा आयोजना गरिएको विशेष कार्यक्रमका लागि सद्भावना दूत हुन् ।

पूर्व मिस नेपाल खतिवडाले मो ब्लाँ शिखर पुगेर नेपाल र फ्रान्सको राष्ट्रिय झण्डा फहराएकी थिइन् । उनको आरोहरणको सम्पूर्ण खर्च काठमाडौंस्थित फ्रान्सको दूतावासले मिलाएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

/* */