राजनीति

पाकिस्तानी पत्रकारको दावी : एलओसीतर्फ बढ्यो पाकिस्तानी सेना, अब्दुल बासितले दिए युद्धको धम्कि

भारी गोला–बारुद र तोपखाना लिएर पाकिस्तानी सेना गुलाम कश्मीरबाट नियन्त्रण रेखा तिर बढिसकेको छ । यो दावी पाकिस्तानी पत्रकार हामिद मीरले आइतवार गरेका हुन् । मीरले एक ट्वीटमा भनेका छन कि उनले सेनाको गतिविधिहरुको बारेमा गुलाम कश्मीरका मानिसहरुबाट सुनेको बताएका छन् ।

मीरले भनेका छन कि गुलाम कश्मीरमा बस्ने साथी मार्फत फोनबाट पाएको जानकारी अनुसार शनिवार रातिबाट पाकिस्तानी सेना भारी तोपखाना लिएर एलओसी तिर बढिरहेका छन् । स्थानीय मानिसहरु पाकिस्तानी झण्डा फहराउदै र कश्मीर बन्नेछ पाकिस्तान जस्तो नारा लगाउदै उनीहरुको जोडदार रुपमा स्वागत गरीरहेको पनि दाबि गरेका छन् ।

भारतका लागी पाकिस्तानी कुटनितिज्ञ बनिसकेका कुटनितिज्ञ अब्दुल बासितले भारतसँग युद्धको धम्कि समेत दिएका छन् ।

अब्दुल बासितले ट्वीट गर्दे भनेका छन कि कश्मीरमा संघर्षको चार मोर्चा छन् । पहिलो, नेशनल कन्फरेन्सद्धारा सुप्रिम कोर्टमा कानुनी लडाई । दोस्रो, पाकिस्तानलाई आत्मनिर्णयसँगै कूटनितिक प्रयास जारी राख्नु पर्दछ । तेस्रो, पाकिस्तानी र कश्मीरी प्रवासी यो सम्बन्धमा काम गरिनै रहने । चौथो, सबैभन्दा महत्वपुर्ण यो छ कि कश्मीरमा राजनितिक लडाईलाई पाकिस्तान कमजोर हुन नदिने । यदि भारतले आफनो हद पार गरेमा युद्ध गर्ने ।

उनले पाकिस्तानी सरकारसँग जम्मु–कश्मीरको घटनाको लागी विदेश मन्त्रालयमा अलगै सेल बनाउन समेत माग गरे, साथै उनले भनेका छन कि यो सेलको नेतृत्व विशेष रुपमा राजनितिक गरियोस । अब्दुल बासितले भनेका छन कि सही र प्रभावी कूटनितिको लागी सही संगठनात्मक संरचना धेरै नै आवश्यक छ । कश्मीरमा पाकिस्तानले आफनो पुरानो नितिमा बदलाव ल्याउन आवश्यक छ ।

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

/* */