मनोरञ्जन

भाइरल तस्वीरमा हेर्नुहोस् अभिनेत्री सान्या

काठमाडौं । बलिउड अभिनेत्री सान्या मल्होत्राले आमिर खानको फिल्म ‘दंगल’बाट फिल्मी करियर सुरु गरेकी हुन् । त्यसपछि उनले अर्को फिल्म ‘बधाई हो’मा पनि काम गरिसकेकी छन् । फिल्मका मामलामा अभिनेत्री सान्याको पहिलो प्राथमिकता स्क्रिप्ट नै हो । उनको डेब्यु फिल्म ‘दंगल’ बक्स अफिसमा सुपरहिट साबित बनेको थियो, भने अर्को फिल्म ‘बधाई हो’ ले पनि दर्शकहरुको राम्रो साथ पाएको थियो । साथै सो फिल्मले बेस्ट पपुलर फिल्मको राष्ट्रिय पुरस्कार जितेको थियो ।

अभिनेत्री सान्या सोसल मिडिया इन्स्टाग्राममा निकै सक्रिय छन् । पछिल्लो समय उनले आफ्नो सुन्दर तस्वीरहरु सेयर गर्दै आएकी छन् । उही सान्याले इन्स्टाग्राममा सेयर गरेकी सुन्दर तस्वीरहरु तपाईमाझ प्रस्तुत गर्दैछौं, जुन सोसल मिडियामा छाइरहेको छ ।

सान्याले न्युज एजेन्सी आईएएनएसलाई भनिन्– ‘जब मैले बधाई हो फिल्मको कहानी सुने, त्यतिबेला नै यो फिल्म स्पेशल हुन्छ भन्ने मलाई लागेको थियो । यसको विषयवस्तु पूरै फरक थियो । यो फिल्मको लागि हुन्छ भन्न मलाई खासै समय नै लागेन । जुन तरिकाले दर्शक र क्रिटिक्सहरुको माया पायौं, त्यो अकल्पनीय छ । यसै कारण यो फिल्मले राष्ट्रिय पुरस्कार पाउनु सन्तोषजनक छ ।’

अभिनेत्री सान्याले थपिन्– ‘त्यस्तै दंगल बनाइरहेको समयमा हामीले धेरै आशा गरेका थियौं, अन्त्यमा आएर फिल्मले दर्शकहरुको राम्रो साथ पायो । हाम्रो लागि यो निकै सन्तोषजनक थियो । यो फिल्मले कहानीले युवतीहरुलाई प्रेरित गरेको थियो ।’

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

/* */