Slider

बोक्सी आरोपमा महिलालाई मलमुत्र खुवाइयो

महोत्तरी : बोक्सीको अरोपमा महोत्तरीको भङ्गाहा नगरपालिका– ४ मा एक महिलालाई छिमेकीले मानव मलमुत्र मुखमा कोच्याएका छन् । 

स्थानीय ३५ वर्षीया चन्दनदेवी दनुवारलाई चारजना मिलेर मलमुत्र खुवाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी माधव बुढाथोकीले जानकारी दिए । मलमुत्र खुवाउनुअघि उनीमाथि तथानाम गालीगलौज गर्दैे कुटपिट पनि गरिएको थियो। 

चन्दन देवीकी छिमेकी सविता देवी दनुवार, पोसिला देवी दनुवार, इन्द्र देवी दनुवार र सुकेश्वरी देवी दनुवारले उनलाई बोक्सीको आरोप लगाउँदैं मलमुत्र खुवाएको प्रहरीले जनाएको छ ।

प्रहरीले इन्द्रदेवी  र सुकेश्वरीलाई पक्राउ गरेको छ भने, पोसिला र सविता फरार छिन्। ‘पक्राउ परेका आरोपीमाथि  बोक्सी कसुर ऐन अन्तर्गत मुद्दा दर्ता गरिएको छ’, डीएसपी बुढाथोकीले भने । पक्राउ परेका इन्द्रदेवी  र सुकेश्वरीलाई जिल्ला अदातमा पेश गरेर  म्याद लिई अनुसन्धान थालिएको छ । 

शनिबार साँझ चौरीबाट ब्राखा चराएर चन्दनदेवी घर फर्किँदै थिइन् । उनको टाउकोमा दाउराको भारी थियो । ‘चन्दनदेवीको बाटो छेकी लछारपछार दाउरा खोसेर फालियो । दुव्र्यवहार गर्दै निर्घात कुटपीट पनि भयो,’ भंगहा नगरपालिका–४ का वडाध्यक्ष आशोक महतोले भने, ‘त्यसपछि बीचबाटैमा डायन (बोक्सी) भन्दै उनलाई मलमुत्र खुवाइयो ।’

घटनास्थल पुग्दा उनको शरीरभरी मलमुत्रको दूर्गन्ध रहेको उनले सुना । घटनाबारे जानकारी पाउने बित्तिकै  प्रहरी टोली घटनास्थल पुगरेर उनलाई  उपचारका लागि अस्तपताल पठाएको थियो ।

पक्राउ परेकी सुकेश्वरीदेवीका छोरा जयनारायण मानसिक रोगी छन् । जयनारायण फरार रहेकी सवितादेवी दनुवारका श्रीमान् पर्छन् । आफ्नो छोरोलाई टुनामुना लगाएको भन्दै सुकेश्वरी सहितले चन्दन देवीको मुखमा मानव मलमुत्र कोच्चाएका  हुन् ।

‘तँैले नै मेरो छोरालाई टुनामुना लगाएर पागल बनाइस् । बाख्रा पनि तैँले नै खाइस् । तैँ बोक्सी छस् भन्दै चन्दन देवीलाई सुकेश्वरी देवीसहितले मानव मलमुत्र खुवाइदियो,’ पीडितका देबर  लालबाबु सिंहले भने ।

चन्दनदेवी गरिबी परिवारकी हुन् । उनको घडेरीबाहेक जग्गा जमिन छैन । पति सतदेव वैदेशिक रोजगारका क्रममा कतार छन् । 

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

/* */