पढ्नै पर्ने

दुई जना प्रहरी मिलेर चालकमाथि निर्घात कुटपिट

काठमाडौं । रसुवामा एक कन्टेनरका चालकमाथि २ जना प्रहरीले निर्घात कुटपिट गरेका छन् । नेपाल–चीन सामान ढुवानीका लागि प्रयोग हुँदै आएको बा. ६ ख ४९२५ नम्बरको कन्टेनर चलाउने श्रीमान तामाङलाई प्रहरीले निर्घात कुटपिट गरेका हुन्।

घटना बारे जनाकारी लिन प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुख घटनास्थल पुगेका छन् । घटना बारे विस्तृत जाँच गर्ने र दोषी उपर कारवाही गरिने बताइएको छ ।

तामाङलाई मंगलबार २ प्रहरीले निर्घात कुटपिट गरेको भिडियो सामाजिक संजालमा भाइरल भएको थियो। टिमुरे सडकमा अव्यवस्थित ढंगले राखिएका सवारी हटाउन प्रहरी पुगेको र त्यस क्रममा सामान्य विवादमा प्रहरीले कुटपिट गरेको बताइएको छ ।

कुटपिट गर्नेहरु एकजना असइ र एकजना हवल्दार भएको बताइएको छ ।

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

/* */