अर्थ/वाणिज्य

अब सिटी एक्सप्रेस पनि कनेक्ट आईपिएसमा आबद्घ

  सिटी एक्सप्रेस मनी ट्रान्सफर र नेपाल क्लियरिङ्ग हाउसबिच अन्तरर्बैक       भुक्तानी प्रणाली सेवा सुरु भएको छ । उक्त भुक्तानी प्रणाली सेवा नेपाल क्लियरिङ्ग हाउसको कनेक्ट आईपिएस मार्पmत ८० भन्दा बढी बैंक तथा वित्तिय संस्थाहरुबाट हुनेछ ।  सो सेवा अन्तर्गत अब सिटी एक्सप्रेस मनी ट्रान्सफरबाट रेमिटान्स कारोबारहरु कनेक्ट आईपिएस मार्पmत रियल टाईम र एनसिएचएल आईपिएस मार्फत तोकिएको सीमामा उक्त कारोबारहरु भुक्तानी गर्न सकिन्छ । यस अनुरुप अव बैंक भुक्तानी कार्यहरु धेरै सहज र सरल हुने बिश्वास गरिएको छ । उक्त सम्झौता पत्रमा नेपाल  क्लियरिङ्ग हाउसका तर्पmबाट प्रमुख कार्यकारी अधिकृत  नीलेशमान सिंह प्रधान र सिटि एक्सप्रेस मनी ट्रान्सफरका तर्फबाट प्रबन्ध निर्देशक  चन्द्र टण्डनले हस्ताक्षर गर्नु भएको छ् । सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १३ वर्ष देखि बिश्व भरी आफ्नो रेमिट एजेन्ट्हरुबाट ७००० भन्दा बढी नेपालको एजेन्ट्हरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

/* */