राजनीति

विप्लव पुत्र प्रकाश चन्द रिहा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल जनस्वास्थ्यकर्मी महासङ्घका महासचिव तथा चिकित्सा शिक्षा सङ्घर्ष समितिका संयोजक प्रकाश चन्द रिहा भएका छन् ।

बुधबार चितवन मेडिकल कलेज परिसरबाट पक्राउ परेका प्रकाशलाई रिहा गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्लले जानकारी दिए।

बुधबार विहान चन्द लगायत अन्य १८ जना विद्यार्थीहरुलाई प्रहरीले चितवन मेडिकल कलेजबाट पक्राउ गरेको थियो ।

चितवन मेडिकल कलेजले अवैध रूपमा असुलेको शुल्कको विरोधमा आन्दोलनरत विद्यार्थी र प्रहरीबीच बुधबार बिहान झडप भएको थियो । चन्दलाई सोही स्थानबाट गिरफ्तार गरिएको थियो । झडपमा केही विद्यार्थी घाइते भएका थिए।

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

/* */