अर्थ/वाणिज्य

सिटी एक्सप्रेस मनी ट्रान्सफर र अमेरिकाको “रेमिट्ली” बिच रेमिटान्स सम्झौता 

अमेरिकाको ख्यातिप्राप्त रेमिटान्स कम्पनी रेमिट्ली र सिटी एक्सप्रेस मनी ट्रान्सफरबिच रेमिटान्स सम्झौता भएको छ । अमेरिका, युरोप, क्यानडामा रहनुहुने नेपालीहरुले अब रेमिट्लीको मोबाइल एप्लिकेशन डाउनलोड गरी सजिलै आफ्नो आफ्न्तलाई मोबाइलबाट पैसा पठाउन र नेपालमा सिटी एक्सप्रेससँग आबद्घ ७००० भन्दा बढी एजेन्ट्हरुबाट सजिलै भुक्तानी लिन सकिने र कुनै पनि बंैकको खातामा रकम जम्मा गर्न सकिने छ ।  उक्त  सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र रेमिट्लीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत म्याथ्यू अप्पनहाईम्रले हस्ताक्षर गर्नुभएको थियो । सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १३ वर्ष देखि बिश्व भरी आफ्नो रेमिट एजेन्ट्हरुबाट भुक्तानी प्रदान गर्दै आइरहेको छ ।

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

/* */