राजनीति

किन बोलेनन् प्रधानमन्त्री संसद्‌मा ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार संघीय संसद् अन्तर्गतका दुवै सदनमा गर्ने भनिएको सम्बोधन अन्तिम समयमा आएर रद्द गरिएको छ ।

आज प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम स्थगित गरिएको नेकपा स्रोतले जनाएको छ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार भोलि शुक्रबार संविधान दिवसका अवसरमा सम्बोधन गर्नुपर्ने भएकाले आजको सम्बोधन स्थगित गरिएको हो ।

गत वैशाखमा सुरु भएको संसद्को चौथो अधिवेशन आज अन्त्य हुँदै छ । सोही क्रममा संसद्मा प्रतिनिधित्व गर्ने दलका नेताहरुले सदनलाई सम्बोधन गरेका छन् । संसद् बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारका काम तथा समसामयिक राजनीतिक घटनाक्रमका बारेमा जानकारी दिने कार्यक्रम तय भएको थियो ।

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

/* */