समाचार

आजबाट दशैंको लागी टिकट बुकिङ खुला, यस वर्ष भाडा नबढ्ने

काठमाण्डौँ । दशैंको अग्रिम टिकट बुकिङ आजदेखि खुलेको छ । यातायात व्यवस्था विभाग, यातायात व्यवसायी र ट्राफिक प्रहरीको संयुक्त बैठकले आजदेखि दशैंका लागि अग्रिम बस टिकट खुला गर्ने निर्णय गरेको हो ।

उपत्यकाबाट दशैं मनाउन विभिन्न जिल्ला जाने सर्वसाधारणले आजदेखि टिकट काट्न सक्नेछन् । यस वर्षको दशैंको टिकटमा भाडादर भने नबढाइएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिएका छन् ।

“व्यवसायीसँग भएको बैठकले ५ असोजबाट अग्रिम टिकट बुकिङ खोल्ने निर्णय गरिएको छ” विभागका महानिर्देशक हमालले भने, “अहिलेकै भाडादरमा यात्रुले टिकट काट्न सक्नेछन् ।”

यस वर्ष दशैंको घटस्थापना १२ असोजमा परेको छ भने १८ असोजमा फूलपाती, १९ मा अष्टमी, २० मा महानवमी र २१ मा विजया दशमी परेको छ ।

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

/* */