समाचार

पत्थरीको अप्रेसन गर्दा विरामीको मृत्यु भएपछि ओम अस्पतालमा तनाव

काठमाडौं । राजधानीको चावहिलमा रहेको ओम अस्पतालमा पत्थरीको अप्रेसन गरेकी एक महिलाको मृत्यु भएको छ । धादिङको गंगा जमुना गाउँपालिका ३ घर भएकी अनिता गुरुङको साधारण पिसाव नलीको अपरेशनका क्रममा मृत्यु भएको हो ।

शुक्रवार दिउँसो हिँडेरै अप्रेसन गर्न अस्पताल पुगेकी गुरूङको चिकित्सकहरूले आज बिहान पत्थरी निकाल्न शल्यक्रिया गरेका थिए । शल्यक्रियापछि गुरूङको अवस्था सामान्य भएपछि वार्डमा सारिएको थियो तर ६ घण्टा वित्न नपाउँदै उनको मृत्यु भएको मृतकका आफन्तले बताएका छन् ।

विरामीका आफन्तका अनुसार अड्कीको स्टोन निकाल्ने क्रममा मुटुले काम गर्न छाडेको भन्दै मृत्यु भएको घोषणा गरिएको थियो ।

डा. भोलाराज जोशीले शल्यक्रिया गरेका थिए । अस्पतालले भने बिरामीको मृत्यु शल्यक्रियामा लापरवाही गरेर नभइ हर्ट अट्याकका कारण भएको दाबी गरेका छन् ।

यस अघि पनि ओम अस्पतालमा चिकित्सककै लापरबाहीका कारण पटक विरामीको मृत्यु भएको भन्दै तनाव हुने गरेको छ ।

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

/* */