अर्थ/वाणिज्य

जनता बैंकले १२ प्रतिशत लाभांश दिने


जनता बैंक नेपाल लिमिटेडको हालै बसेको सञ्चालक समितिको ं बैठकले आ.ब. २०७५÷०७६ मा बैंकले प्राप्त गरेको मुनाफा रकम एक अर्ब एकतिस करोड आठ लाख सत्चालिस हजार छ सय तिन रुपैया मात्र) रहेकोमा सो मध्येबाट मिति २०७६ असार मसान्तमा कायम रहेको चुक्ता पूँजी रु. ८,००,०७,८५,९२५÷– को १२ प्रतिशतले हुन आउने रकम रु. ९६,००,९४,३१०.९४ (अक्षरेपी छयानब्बे करोड चौरानब्बे हजार तीन सय दस रुपैया र चौरानब्बे पैसा मात्र) लाभाँश शेयरधनीहरुलाई वितरण गर्ने निर्णय गरेको छ । प्रस्तावित १२ प्रतिशत मध्ये ६ प्रतिशत बोनश शेयर र ६ प्रतिशत नगद लाभाँश वितरण गर्ने भएको छ भने नियमानुसार लाग्ने कर शेयरधनीहरुलाई वितरण गरिने नगद लाभाँशबाट कट्टा गरिनेछ  ।  
बैंकले प्रस्ताव गरेको बोनस शेयर तथा नगद लाभाँश रकम नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त गरी आगामी साधारण सभाबाट पारित भएपछि वितरण गरिनेछ । 

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

/* */