Slider

कार र ट्रक ठोक्किँदा ५ जनाको मृत्यु

नवलपरासी: पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको कावासोती नगरपालिका-८ खरकट्टा जंगलमा गएराति  ट्रक र कार ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ ।

लु १ ख ८५३२ नम्बरको ट्रक र बा २१ च ६४०९ नम्बरको कार ठोक्किँदा कारमा सवार व्यक्तिहरुको मृत्यु भएको हो । 

प्रहरीका अनुसार नवलपरासीको देवचुली नगरपालिका १ केउरानीका ३५ वर्षीय दिपक भन्ने पूर्णबहादुर विक, देवचुली ५ का दिलबहादुर ढेंगा मगर र कैलाली जिल्लाका सुरज राना मगरको सनाखत भएको छ । बाँकी २ जनाको अझै सनाखत हुन सकेको छैन ।

ठक्कर दिने ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

/* */