समाचार

जापान लैजाने कामदारको छनोट ‘लक्की ड्र’ बाट हुने

काठमाडौं । जापानले रोजगारीका लागि आफ्नो मुलुक लैजाने नेपाली कामदारको छनोट गोला प्रथा (लक्की ड्र) बाट गर्ने भएको छ । आकर्षक मानिने जापानमा काम गर्न जान चाहनेको संख्या व्यापाक हुने ठानेर नेपाली कामदार जापान लैजाने जिम्मेवारी पाएको जापान फाउन्डेसनले गोलाप्रथा अवलम्बन गर्न लागेको हो ।

फाउन्डेसनले जापान जाने प्रक्रियाको पहिलो खुट्किलो जापानी भाषा परीक्षामा सहभागी हुने व्यक्ति छान्न यो तरिका अपनाउने छ । धेरैको आवेदन पर्ने र त्यसको व्यवस्थापन गर्न कठिन हुने देखेर गोलाप्रथाबाट छानिने व्यक्तिले मात्र भाषा परीक्षा दिन पाउने गरी फाउन्डेसनले सूचना जारी छ ।

परीक्षामा सहभागी हुन इच्छुकले अनलाइन दरखास्त दिनुपर्नेछ । कात्तिक १०, ११ र १२ मा पहिलो चरणको भाषा परीक्षा लिने फाउन्डेसनको तयारी छ ।

त्यतिन्जेलसम्म अनलाइनमार्फत फारम भर्नेमध्येबाट गोलाप्रथा गरी हजारजना छान्ने फाउन्डेसनले जनाएको छ । आकर्षक मानिने कोरियाको रोजगारीमा जान पनि ठूलो संख्याका युवायुवती इच्छुक हुँदा ८०–९० हजारजनाको आवेदन पर्ने गरेको छ ।

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

/* */