राजनीति

सभामुखलाई राजीनामा दिन अध्यक्ष ओलीकाे निर्देशन

काठमाडौं ।यौन दुर्व्यवहारको आरोप लागेका सभामुख कृष्णबहादुर महरालाई पदबाट राजीनामा दिन नेकपा अध्यक्ष केपी शर्मा ओलीले निर्देशन दिएका छन् ।

अध्यक्ष ओलीले पार्टीका नेताहरूको छलफलपश्चात् देश र जनताको हितका लागि राजीनामा दिएर मार्ग प्रशस्त गर्न निर्देशन दिएको बताइएको छ ।

यता सभामुख कृष्णबहादुरमाथि संसद सचिवालयकी महिला कर्मचारीले यौन दुर्व्यवहार गरेको आरोप लगाएको सन्दर्भमा छलफल गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको आकस्मिक बैठक डाकिएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा महराबारे निर्णय गर्न नेकपाका अध्यक्षद्वय लगायत शिर्ष नेताबीच छलफल भइरहेकाे छ । यससँगै सभामुख महराले आज अपरान्ह राजीनामा दिने तयारी गरिरहेको विशेष स्रोतबाट बुझिन आएको छ ।

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

/* */