Slider
महरालाई आरोप लगाउने रोशनी शाहीका श्रीमानले दिए डिभोर्स (पत्रसहित)

काठमाडौं । सभामुख कृष्णबहादुर महरालाई बलात्कारको आरोप लगाउने रोशनी शाहीले आफ्ना पतिसँग सम्बन्ध विच्छेद गरेकी छिन् । उनका पति चित्रजंग शाहीका अनुसार उनी र पत्निबीचको सम्बन्ध विच्छेद भएको हो ।
उनीहरुले सम्बन्ध विच्छेदको पत्रमा हस्ताक्षर गरेका छन् ।
सम्बन्ध चिछेद पत्रमा लेखिएको छ ‘प्रीय जनहरु, थुप्रै उतार चढावका बीच वितेका हाम्रा साथसाथ २८ वर्ष दिनहरु विते । समयको गतिसँगै असहमति असन्तुष्टि आउँदा रहेछन् । तथापी खुशी साथ अलग बस्ने निर्णय गरेका छौ । कानुनी प्रक्रिया निरन्तरताका साथ’ सम्बन्ध विच्छेद पत्रमा भनिएको छ ।
उक्त पत्रमा रोशनी शाही र उनका पति चित्र जंग शाही दुबैले हस्ताक्षर गरेका छन् ।