खेलकुद

क्यानमाथिको निलम्बन सशर्त फुकुवा

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नेपाल क्रिकेट संघ (क्यान) को निलम्बन सशर्त फुकुवा गरेको छ। दुबईमा सोमबार सम्पन्न आईसीसीको बैठकले सशर्त क्यानको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो। आईसीसीले जिम्बावेमाथि लगाएको निलम्बन पनि सशर्त फुकुवा गरेको छ।

असोज १० र ११ गते भएको क्यानको निर्वाचित साधारण सभाले चतुरबहादुर चन्दको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको थियो।

आईसीसीले सोमबार जारी गरेको विज्ञप्तिमा जिम्बावे र नेपाललाई आईसीसी सदस्यको रूपमा स्वीकार गरिएको उल्लेख गरेको छ। यद्यपी आईसीसीले शर्तका विषय भने उल्लेख गरेको छैन।

आईसीसीले क्यानमा सरकारी हस्तक्षेप भएको भन्दै तीन बर्षअघि क्यानमाथि प्रतिबन्ध गरेको थियो।

आईसीसीले नेपालसँग एसोसिएट राष्ट्रको रुपमा काम गर्नुपर्ने, शुसासन, आर्थिक पारदर्शिता, क्यानको अफिस सञ्चालन लगायत विषयमा विगतदेखि सर्त राख्दै आएको थियो।

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

/* */