पढ्नै पर्ने
बिबिसीको प्रेरणादायक महिलाको सूचीमा नेपाली चेली बोनिता शर्मा

काठमाण्डौ । विश्वका प्रेरणादायी १ सय महिलाको सूचीमा नेपालकी बोनिता शर्मा पर्न सफल भएकी छिन ।
ब्रिटिस बोर्डकास्टिङ कर्पोरेशन (बीबीसी) ले हरेक वर्ष विश्वका प्रेरणादायक १ सय महिलाको सूची सार्वजनिक गर्ने गरेको छ । यो वर्ष यो सूचीमा महिला सशक्तिकरण र पोषणको क्षेत्रमा योगदान पुर्याएवापत नेपालकी बोनिता शर्मा १ सय महिलाको सूचीमा परेकी हुन् ।
शर्मा सोसियल चेन्ज मेकर एण्ड इनोभेटर्स (सोचाइ) संस्थाकी संस्थापक हुनुहुन्छ । उहाँ नेतृत्वको संस्थाले महिला सशक्तीकरणका साथै पोषणका क्षेत्रमा काम गर्दै आइरहेको छ ।
उहाँ र उहाँको संस्था (सोचाइ) ले यसै वर्ष ‘लिड २०३० च्यालेन्ज’ पुरस्कार समेत हात पारेको थियो ।
विश्वभरका युवाले दिगो विकास लक्ष्यको प्रगतिका लागि गरिरहेका कामको खोजी गर्ने क्रममा १ सय देशका १ हजार २ सय प्रतिस्पर्धीलाई उछिन्दै सोचाइ पुरस्कृत भएको हो । सोचाइले ५० हजार अमेरिकी डलर पुरस्कार जितेको थियो ।